हामीले जन्मेदेखि आजसम्मकै पहिलो अनुभव भएका कारण सुरुमा त हामी अत्यन्तै त्रसित पनि भयौँ । बाहिर अन्य राष्ट्रहरूमा पनि अत्यन्त तीव्र गतिमा कोभिड फैलिएको कारणले गर्दा पनि होला अलिकति सजग पनि भयौँ । पछि चैँ बिस्तारै बिस्तारै आफ्नो देशमा पनि समस्या आइपुग्दा खेरी चैँ त्यसको सामना गर्नुपर्ने भएका कारणले गर्दा पनि हामी जुनसुकै परिस्थितिको लागि पनि तत्पर हुँदै अघि बढ्दै गयौँ र बिस्तारै हाम्रो डर पनि हराउँदै गयो । त्यति वेला हाम्रो लेकवेशी नगरपालिकामा पनि करिब ३५०० भन्दा बढी युवाहरू भारतबाट फर्किए भने १५०० भन्दा बढी तेस्रो मुलुकबाट फर्किए । त्यति मान्छेहरूलाई व्यवस्थापन गर्नका लागि पनि कोभिडको अवस्थामा हामीलाई समस्या समाधान गर्न धेरै सङ्घर्ष गर्नुपर्यो । त्यति बेला ड्राइभरहरू पनि गाडी चलाउन डर मान्ने, बाहिरबाट मान्छेहरू ल्याउनुपर्ने भएको कारणले गर्दा पनि हामीले धेरै सङ्घर्ष गर्नुृृपर्ने अवस्था थियो । तर पनि हामी पूर्ण लगनका साथ काम गरी ती सम्पूर्ण युवाहरूलाई आफ्नो पालिकामा राखी सुरक्षित साथ कोभिड पनि निको पारी उहाँहरूलाई व्यवस्थित रूपमा घर पनि पठायौँ ।
यो मामलामा हामीलाई अझ भाग्यमानी नै मान्नुपर्छ, किनकि सुर्खेत जिल्लामा सबैभन्दा पहिला नै लेकबेशी नगरपालिकामा कोभिड देखिएको भए पनि अहिलेसम्म यस सम्बन्धमा कुनै दु:खद खबर हामीले सुन्नु परेन र अहिलेसम्म सबै जना सुरक्षित तरिकाले बस्नुभएको छ । यो सब जनप्रतिनिधि, राजनीतिक दलका नेतृत्व गर्नुभएका महानुभावहरू, सुरक्षाकर्मीहरू, समाजसेवीहरू, पत्रकारहरू लगायतका अन्य धेरै साथीहरूको सहयोगले गर्दा मात्र सम्भव भएको हो । कोभिड कालको महत्वपूर्ण पाठ चाहिँ हामी कुनै पनि समस्या आए पनि त्यो समस्यासँग नडराएर उक्त समस्याको डटेर सामना गर्नुपर्दछ । जब समस्या आइपरिसके पछि चैँ त्यसको सामना गर्न पनि त्यति गाह्रो पर्दो रहेनछ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.










