मेरो नाम कुमारी श्रेष्ठ । हाम्रो पाँच जनाको परिवार छ । म पेप्सीकोला र जडीबुटी बिचको छाप्रोमा । म हरेक दिन यसरी नै पेप्सीकोलाको यो सडक किनारमा पानी भर्न आउँछु । ढिलो भयो भने पानी सकिन्छ भनेर म टङ्की खुल्ने समय भन्दा दुई घण्टा अगाडी नै आउँछु । दुई घण्टा अगाडी आउँदा पनि कहिलेकाहीँ त ४ घण्टा सम्म पर्खिनुपर्छ । अनि ढिलो आउँदा चैँ पालो पाउन मुस्किल हुन्छ । कोही बेला झन् पानी निकै सानो आउँछ । एउटा भाँडो भरिन पनि निकै बेर लाग्छ त्यसैले सक्दो छिटो नै आउँछु । छिटो आए छिटो हुन्छ नि त घर फर्कन पनि।
अहिले जताततै कोरोना छ, कोरोना सङ्क्रमणबाट जोगिन व्यक्तिगत दुरी बनाउनुपर्छ भन्छन् । तर, के गर्नु घरमा पानी आउँदैन, पानी भर्नैपर्यो । फेरी हाम्रो त खाने पानी यही हो । त्यसैले पनि त चाहियो नै ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.









