Shabda Drishya
  • Login
No Result
View All Result
Shabda Drishya
No Result
View All Result
Home कोरोना कथा

देशका लागि ३ घण्टा

Shabda Drishya by Shabda Drishya
July 20, 2020
Reading Time:1 min read
0

लकडाउनका बेला घर बस्दा समाचार र सामाजिक सञ्जालमा जता पनि नराम्रो कुरा देखेँ । त्यसैले सरकारी कामकारबाही अस्तव्यस्त भएको विरोधमा प्रदर्शन गर्नुपर्छ भनेर मलाई पहिलादेखि नै लागेको थियो । विरोध प्रदर्शनमा मैले पनि जानुपर्छ भन्ने सोचेँ । यस कामको नेतृत्व कसैले गर्छ भने म त्यसमा भाग लिन तयार भएँ । तर पोखरामा यस कामको नेतृत्व गर्न कोही अघि सरेन । त्यसैले मैले मेरा साथीभाइ, दिदीबहिनीलाई हामीले केही न केही गर्नुपर्छ भनेर कुरा गरेँ ।

यो एकदमै डरालाग्दो समय हो । कोरोनाबाट त बचिएला तर देशको स्थिति डाँवाडोल भयो भने त हाम्रो जीवन अन्धकार हुन्छ । त्यसैले अहिले केही गर्नुपर्छ भनेर मलाई महसुस भयो ।

साथीहरु ‘कोरोना नभए त म पनि विरोध प्रदर्शन गर्न निस्कन्थेँ’ भन्थे ।

खोलामा कोही डुबिरहेको बेला खोला फोहोर छ, सफा भएपछि जाउँला भनेर पर्खिनु त भएन नि । यसबीचमा काठमाडौं लगायत धेरै ठाउँमा प्रदर्शन भयो । मलाई हामी पोखराका युवाहरुले पनि विरोध गर्नुपछि भन्ने लाग्यो ।

म पहलिादेखि नै दृढ स्वभावको मान्छे हुँ । कुनै पनि कुरामा लागे पछि त्यसलाई निरन्तर रुपमा अघि बढाउन मन लाग्छ ।
पढाइमा राम्रो अंक आओस् भनेर हामी कति समय अघिदेखि तयारी गर्छौं । देश राम्रो बनाउन पनि एक दिन मात्रै दिएर हुँदैन । काठमाडौंमा निरन्तर प्रदर्शन भइरहेको देख्दा पोखरामा पनि गर्नुपर्छ भन्ने लाग्यो । तर त्यसो भएन । एक दिन भयो । त्यसपछि रोकियो । यसबाट म खिन्न भएँ किनभने हाम्रा माग पूरा नभएसम्म विरोध प्रदर्शन निरन्तर रुपमा हुन्छ भन्ने मलाई लागेको थियो ।

म घर बस्न सकिनँ । मैले अवाज उठाउनुपर्छ भन्ने लाग्यो । सबैले आआफ्ना ठाउँबाट विरोध गर्ने हो भने हामी अवश्य पनि सफल हुन्छौं । कतिले मान्छे धेरै भेला हुन्छन् भने आउने कुरा गरे । तर समय एकदमै नाजुक थियो । अरु मान्छेलाई पर्खिरहने कुरा थिएन । त्यसैले म एक्लै जान थालेँ । पहिलो र दोस्रो दिन म एक्लै ३ घन्टा बसें । तेस्रो दिनदेखि अरु साथीहरुले साथ दिनुभयो । नौ दिनदेखि हामी निरन्तर विरोध गरिरहेका छौँ । म जहिले ३ घण्टा विरोधमा बस्ने गर्छु । अरु साथीहरु समय मिलाएर बस्नुहुन्छ ।

मानिसहरुबाट राम्रो प्रतिक्रिया पाएको छु । पुलिस प्रसासनबाट अनि मिडियाबाट पनि राम्रो प्रतिक्रिया पाएँ । कतिले ‘एक्लै गएर केहि हुन्न, कति दिनसम्म जान्छस ?’ पनि भने । हरेक मान्छेको सोच्ने हेर्ने दृष्टिकोण फरक हुन्छ । त्यसैले मैले त्यस्ता कुरालाई नकारात्मक रुपमा लिएको छैन । म आफ्नो कुरामा लागिरहेकी छु ।

कुनै कामको परिणाम आजको भोलि आउँछ भन्ने हुँदैन ।
लकडाउन मात्रै समाधान होइन । सावधानी अपनाएर मात्रै पनि भएन नि । सामाजिक सञ्जालमा कमेन्ट र सेयर गरेर मात्रै हुँदैन । सामाजिक सञ्जालले पूरै विश्व हल्लाएको छ । तर त्यतिले मात्र हुँदैन । मैले २४ घण्टामा ३ घण्टा देशका लागि दिइरहेकी छु । देशको भविष्य राम्रो होस् भनेर । अरुले पनि धेरै नभए पनि १ घण्टा या आधा जति हुन्छ प्रर्दशनमा समय दिनुपर्छ । सोसल मिडियाबाट पनि आवाज उठाउनुपर्छ । सडकमा पनि निस्कनै पर्छ । लाखौंले आवाज उठाउने हो भने हाम्रो भविष्य उज्ज्वल हुन्छ ।

म भन्छु हरेक पार्टीका मान्छे उठ्नुपर्छ । आफ्नो पार्टीको होइन देशको स्वार्थ हेर्नुपर्छ । देश बनाउन सबै लाग्नुपर्छ ।
मेरो एक जना बहिनी छे । उसको नाम चाहिँ नभनौं । ऊ पढालेखा नै हो । मलाई फोन गरेर ‘दिदी म पनि आउँछु है’ भनी । तर तपाईंले उठाएको एमसीसीको कुराबारे मलाई केही थाहा छैन भनी । म ट्वाल्ल परेँ । अहिले एमसीसी र कोभिडबारे सामाजिक सञ्जालमा, मिडियामा जताततै कुरा भइरहेको छ । तर उसलाई थाहा छैन रे ।

यो कुराले मलाई चोट पुर्यायो। मैले सोचे ऊ जस्ता कतिलाई यसबारे थाहै छैन । त्यसैले अहिले म यी विषयबारे जनचेतना फैलाउन लागेको छु । प्लेकार्डमा बुदाँ बनाएर प्रदर्शन गर्न जाँदैछु । एक जनालाई मात्रै भए पनि बुझाउन सकेँ भने त्यो मेरा लागि ठूलो उपलब्धि हो ।
म घरमै बसेको भए मलाई तनाव हुन्थ्यो होला । अहिले जताततै यही विषयमा कुरा हुन्छ । साथीसँगको फोनमा, गफमा, च्याटमा । तर त्यतिले मात्रै पुग्दैन । मानिस सडकमा आउनुपर्छ भन्ने मलाई लाग्छ । धेरै मानिस सडकमा आए भने सरकारले हाम्रा कुरा सुन्छ । राम्रो काम गर्न ढिलो गर्नु हुँदैन । अहिले नगरे कहिले गर्ने ?

सुरुका ५ दिन हामी जिल्ला प्रशासन कार्यालयको नजिक बस्यौं । त्यहाँ स्थानीय मानिस कम आउँथे । त्यसैले स्थानीय मानिस अलि धेरै आउने, मानिसको चहलपहल अलि धेरै हुने ठाउँमा बस्नुपर्छ भनेर मानिसले सल्लाह दिए । त्यस यता चार दिनदेखि महेन्द्रपलु, बिपी सालिक नजिक बसिरहेका छौँ ।
हेर्दै जाऊँ, कति समय बस्छु । मैले तीन महिनासम्म बस्ने अठोट गरेकी छु ।
तपाईं हाम्रो आवाजले सरकार फेरिन्छ । राजतन्त्र कसरी हटेको थियो भन्ने कुरा नभुलौँ । परिवर्तनका लागि सहयोगी हात बढाउन संकोच नमानौं, डर नमानौं ।

यो कथा शिरीष गुरुङसंग गरीएको कुराकानीमा रहेर अनुषा स्वाँरले लेख्नु भएको हो ।

Author

  • Shabda Drishya

    View all posts

    RELATED POSTS

    धन्न सडकमै मर्नु परेन … !

    राज्यले पुरा गर्यो त आफ्नो दायित्व ?

    कर्णालीको पहिलो मृत्यु दुल्लुमै हुँदा निकै डरायौँ

ShareTweet
Shabda Drishya

Shabda Drishya

Related Posts

कोरोना कथा

धन्न सडकमै मर्नु परेन … !

November 14, 2020
कोरोना कथा

राज्यले पुरा गर्यो त आफ्नो दायित्व ?

November 11, 2020
कोरोना कथा

कर्णालीको पहिलो मृत्यु दुल्लुमै हुँदा निकै डरायौँ

November 6, 2020
कोरोना कथा

कोभिड सङ्कटले सिकाएको पाठ

November 5, 2020
कोरोना कथा

पहिरो पीडित सम्हाल्नु कि कोरोना पीडित हामीलाई हम्मे हम्मे पर्‍यो

October 25, 2020
कोरोना कथा

पटक पटकको असहयोग भयो, जे गर्‍यौँ आफ्नै बलबुतामा गर्‍यौँ

October 16, 2020
Next Post

सचेत नागरिकको कर्तव्य

सिस्टमै फेर्नुपर्छ

भर्खरका पोस्टहरु

  • Descubre los secretos ocultos en los codigos de doradobet
  • Doradobet app transforma tus apuestas en una experiencia dorada
  • Descubre la revolución del juego con doradobet apk en tu mano

विषय सूची

  • 777betus.us
  • 888poker-us.com
  • 888pokerromania.com
  • 888sportcanada.com
  • 888sportfrance.com
  • 888sportro.com
  • 888sportsouthafrica.com
  • admiralbet-italia.com
  • admiralbetes.net
  • ahh
  • betnationid.com
  • billybetsgreece.com
  • campobetus.us
  • casino
  • cazimbofinland.com
  • cazimbospain.com
  • codereespana.com
  • doradobetchile.net
  • doradobetespana.com
  • doradobetperu.net
  • gentingcasino-espana.com
  • gentingcasinoireland.com
  • kingbetfr.com
  • luckiacolombia.com
  • magicbetnl.com
  • magicwinindia.com
  • mega-medusaaustralia.com
  • megamedusaes.com
  • Public
  • revolutioncasinoitaly.com
  • savaspinsdeutschland.com
  • stanleybetro.com
  • stardacasinobrasil.com
  • stardacasinopl.com
  • starvegasch.com
  • starvegasespana.com
  • starvegasitalia.com
  • tropicacasino.us
  • trueluckcasinonederland.com
  • wildcasinocanada.com
  • wildvegascasinocanada.com
  • winnerzsv.com
  • winningznl.com
  • wplay-us.us
  • wplayturkey.com
  • आम मान्छेको कथा
  • आवाज
  • कोरोना कथा
  • पडकास्ट
  • ब्लग
  • मल्टि मिडिया

© 2021 TCS - Tanneri Chaso Servives Pvt .ltd | Powered by ASIT.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Cart
  • Checkout
  • Home
  • My account
  • Sample Page
  • Shop
  • Subscription
  • शब्द दृश्य किन ?

© 2021 TCS - Tanneri Chaso Servives Pvt .ltd | Powered by ASIT.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?