हाम्रो देश शान्तिपूर्ण देश भनेर चिनिन्छ । फेरि यही देशमा तछामछाड भइरहेको छ । त्यसैले पनि मलाई सरकारका कामकाज देखेर दिक्क लागेको थियो । एक दिन हाम्रो दारी ग्याङको एक जना दाइले आफ्नो फेसबुक वालमा प्रदर्शनलाई समर्थन गर्नुपर्छ भन्ने कुरा सेयर गर्नुभएको थियो । के होला भनेर हेर्दा सरकारलाई खबरदारी गर्न युवाहरुले प्रदर्शन गर्ने भन्ने कुरा रहेछ । त्यो देख्दा मलाई पनि प्रदर्शन गर्न जानुपर्छ भन्ने भयो । म जस्तै अरुले आफ्नो आवाज उठायौँ भने हाम्रा माग पूरा हुन्छन् भन्ने लाग्यो । किनभने एकतामा नै बल हुन्छ ।
म पहिलादेखि नै सामाजिक काममा लागिरहने भएकोले पनि मेरो काममा मम्मी बुबाले साथ दिनुहुन्छ । कोरोना लाग्ला भन्ने डर थियो तर सामाजिक दूरी अपनाएर प्रदर्शन गर्यौँ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




