मन्दिरै मन्दिरको शहर भनेर चिनिने काठमाण्डौको विगतका केहि दशकदेखि अर्को एउटा परिचय पनि थपिएको छ– “काठमाडौँ; घरै घरको शहर”। थरिथरिका आधुनिक स्रोत साधनको प्रयोग गरेर थुप्रै घरहरु बनेका छन् यहाँ तर ति सबै भन्दा फरक त्यो घर – मान्छे बस्न होइन काठमाण्डौको दृश्य अवलोकन गर्न बनाईएको रे ! त्यो घर हो धरहरा। अहिलेको समयमा भएको भए टावर भनिन्थ्यो होला – भिउ टावर। तल बाटुलो माथि साँघुरिदै गएको त्यो घरको बनावटले धेरैलाई जस्तै मलाई पनि आकर्षित गरेको थियो तर सामान्य अवस्थामा हाम्रो बुझाईको घरले जस्तो ओत र सुरक्षाको प्रत्याभुति गराउन सकेन त्यो घरले। उल्टै कैयौंको चिहान बन्यो ऊ। बर्षौदेखि झरी-बादल, घाम-पानी सबैको साक्षी बनेको त्यो धरहरा गएको २०७२ वैशाख १२को भूकम्पमा ईतिहास बनेर ढल्यो। तर जाँदाजाँदै एउटा गतिलो पाठ सिकाएर गएको छ। हो ऊ बुढो भएको थियो, कमजोर भएको थियो, जिन्दगीका अनेक वसन्त पार गर्दा गर्दै ऊ थाकेको थियो तर भूकम्पको त्यो कठोर प्रहारमा पनि उसले आफ्नो धरातल भने छोडेन। ढल्यो तर पनि आफ्नो जग त्यागेन। त्यसैले त ऊ अब पनि वर्षौं वर्षसम्म ईतिहास बनेर चिनिनेछ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.









