जिउँदाको जन्ती, मर्दाको मलामी भन्छन् छरछिमेकी अनि समाजलाई। समाज विज्ञानको परिपाटी नै जस्तो भएको छ कि त कोही जन्मदा या त मर्दा मान्छेहरु भेला हुने। जन्मले खुशी दिन्छ अनि मृत्युले वेदना । सुखमासंगै हास्ने अनि दु:खमा साथीभाईबाट सान्त्वनासम्म भएपनि खोज्छ यो मानव हृदयले। अन्य सामाजिक रीतिरिवाज निभाउन सहयोग गर्ने त आफ्नै ठाउँमा छदैं छ। जिन्दगीभर आफू वरिपरिका मान्छेको साथ कमाउन धेरै प्रयत्न गर्छ मान्छेले । यस्तोमा आफू मर्दा आफ्नो लास उठाउने केही काँधहरु नि नभेटिएला भन्ने कसले सोचेको हुन्छ र ! यस्तै नसोचेको भईदियो यसपालिको भूकम्पमा । मृत्युपर्यन्त आत्माको शान्तिका लागि भनेर विभिन्न धार्मिक मान्यता अनुरुप थुप्रै रितहरु निभाईन्छ तर यो अकालको मृत्युमा सोचे जस्तो मृत्यु सैय्या पनि पाएनन् मान्छेले। किरियाघाटको अभावमा थुप्रै आत्माहरु अशान्त भएको हुनुपर्छ।
खै कसरी सम्झुं म कालो अनि कल्पना नै नगरिएको त्यो दिनलाई ! अहिले सम्झदा मात्र पनि मुटुनै हल्लिएको जस्तो हुन्छ । कुरा हो यही वर्ष २०७२ साल वैशाख १२ गतेको । केही समयअघि मात्र हजुरबुबा बित्नु भएको थियो। हजुरबुबाको निधन भएको १३ औं दिनको पुण्य तिथिको काम सकेर घर नुवाकोटबाट कर्मथलो काठमाडौँ हान्निए मेरा ठूलो बुबा, ठूलीआमा, बहिनी, दाई, भाई लगायतका अन्य आफन्तजन । मचाहिँ केही समय घरमै बिताउने मनस्थिति बनाएर बसेकी थिएँ । मध्य दिनको १२ बज्न लागेको रहेछ हामी सबैजना आ-आफ्नै काममा व्यस्त थियौं । घर बाहिरै आँगनमा थिएँ, एक्कासी मलाई जमिन हल्लिएको जस्तो महसुस भयो । साथमा एउटी साथी थिईन् । हात समातेर थामिने कोशिस गर्यौं तर सकेनौं । आफ्नै आँखा अगाडि आफू बसेको घर लड्यो अनि गाउँका अन्य घरहरु पनि धमाधम लड्न थाले, मानौं कसैले बन्दुक लिएर एक लाममा उभिएका मान्छेलाई गोली हानेर भकाभक ढाल्दैछ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.









