अखबारका पंक्ति हुन् या सामाजिक संजालका भित्ताहरु, नेपालमा भुइँचालोले यति ज्यान लियो, यतिलाई घाईते बनायो भन्ने खबरले धेरै दिनसम्म संचार जगत् तताएको थियो। नेपालीको विचल्ली बनाएकोमा प्राय: सबैले भूकम्पप्रति आक्रोस पोखिरहेका थिए भने कतिले त भूकम्पलाई “पापी” एवं “मानव अस्तित्व विरोधीको” संज्ञा दिन समेत छाडेनन्। आखिर मान्छे नै हो एउटा कुरालाई कति तरिकाले हेर्न सक्छ कतिसम्म रिसाएर गाली गर्न सक्छ । समाचारका यही लहरमा यो ठाउँको घरमा पुरिएर यति मरे, त्यो ठाउँको संरचनामा पुरिएर यति घाईते भए भन्ने समेत नसुनिएको होइन। मान्छे मर्नु वा घईते हुनुमा दोष कसको, भूकम्पको या कमजोर संरचनाको? के प्रकृतिलाई दोष दिएर भौतिक संरचना निर्माणमा हामीले गरेको लापरवाहीलाई नजरअन्दाज गर्न मिल्छ? एउटी जोशिली र जागरुक केटीको नाताले सबैलाई यो प्रश्न सोध्न करै लागेको छ आज मलाई।
भूकम्पले आफै मार्दैन आफ्नै घरले मर्ने धेरै भए। छिमेकीसँगको बेतुकको प्रतिस्पर्धाका कारण मिहिनेतको कमाईले बनाएको संरचना त भत्कियो नै साथमा त्यो नै धेरैकालागि काल बन्यो वैशाख १२ को भूकम्पमा । आफ्नो आवश्यकता पहिचान गर्न नसकेको हो कि आफूसँग के छ र आफूले के-कति गर्न सकिन्छ भन्नेतिर ध्यान नगएर हो, हामी छिमेकीले कति तलाको घर बनायो र म कसरी तल परे भन्ने आधारमा हाम्रा घरको मापदण्ड बनाउछौं, भौतिक संरचना निर्माण गर्छौं न कि प्रकृतिका नियम बुझेर। पहिला घर बन्थे अहिले “बिल्डिंग” बन्छन् अनि त्यस्ता धेरै बिल्डिंग यसपालीको भूकम्पमा शमशान घाटमा परिणत भए। शान्तिनगरको गेट भत्किएर ज्यान गुमाएको पनि सुनियो, धरहरा भत्किएर अस्तित्व गुमाउने र घाईते हुने नि धेरै रहें, कपनको सात तले घरमा धेरै पुरिए। यी र यस्ता यावत् घटनाले भूकम्पका जोखिमसँग नेपालीहरुलाई रुबरु गराईदियो। ईतिहासका ती दिन थिए जहाँ नेपालीहरु आफ्नो वीरता अनि भातृत्वका लागि विश्वभर परिचित थिए अनि आजको समय छ जब कमजोर मानसिकताले गाँजिएका हामी धेरैलाई स्वार्थ र इर्ष्याले गलत प्रतिस्पर्धामा लिप्त बनाएको छ। विकासको परिभाषा कति तले घर र कति ठुलो गाडीसँग जोडिने समय हो यो तर आखिरमा यो भूकम्पले हाम्रो लोभ, लालच अनि बेलगामको हाम्रो महत्त्वाकांक्षालाई एउटा गतिलो सबक सिकाएर गएको छ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.









