ए आमा! के भएको यो – म चिच्याउँछु। खाट हल्लियो । दराज हल्लिायो । भित्ता हल्लियो । बेसरी हल्लियो । हतार हतार उठेर ढोकामुनि गएर बसेँ । कोठाको खाट, टि.भी, दराज, अनि भित्तामा अड्याएको घडिसँगै मेरो बाँच्ने आश एकदमै झिनो भईराखेको थियो । एउटा फरक तर दु:खद अनुभव भइराखेको थियो । सारा पृथ्वी हल्लि रहँदा मेरो मुटुको धड्कन भने रोकिन खोज्दै थियो । बाहिरबाट घर ढलेको, मानिस चिच्याएका, बालकहरु रोएको आवाज सुनिराखेको थिएँ। म स्थिर भएको थिएँ । कतै भाग्न खोजिरहेको थिएँ तर मेरो पाइला नै अघि बढिरहेको थिएन । यसो बाहिर हेरेको आँखा अगाडि नै घर ढलेको देखेँ । घरसँगै ति चिच्याइरहेका आवाजहरु सुनें, मानिसहरु पुरिएको देखेँ । भित्रभित्रै तर्सिएर बाँच्ने आश बोकेका मानिसहरु छटपटाईराखेका थिए। बन्दि बनाएर राखेका ति पशुहरु आफ्नै भाषामा पिडा व्यक्त गरेको देखेँ । आफन्तको विछोडमा तड्पिएका ति जिउँदा सासहरु देखेँ । तर म लाचार थिए, कमजोर थिएँ, विवस थिएँ । केहि क्षणको लागि स्वार्थी भएको थिएँ । मौन थिएँ । आत्तिएको थिए । अचेत भएको थिएँ । आँखा अगाडि नै तड्पिएको जिउँदो सास देख्दा देख्दै केहि गर्न नसक्ने कुँजो भएको थिएँ । त्यसैले धिक्कार छ तिमीलाई भुइँचालो आखिर के हुन लागेको हो । यो प्रकोप किन आएको हो । के पृथ्वी साँचै ध्वस्त हुन लागेको पो हो कि खै हाम्रो अस्तित्व नै पो विलिन हुने हो । अझै कति हल्लाउने हो । कतिलाई मार्ने हो । कतिलाई घाइते बनाउने हो । हे भगवान के तिमि साँच्चै छौ त? छौ भने तिमी हुनुको अर्थ के हो हामी तिम्रो सृष्टि हौँ तिम्रो सिर्जना हौँ । तिम्रो अगाडि हामी मरेको टुलुटुलु हेरिरहने भए किन हाम्रो सृष्टि गर्यौ तिमीले सजायँ देउ त्यो पापी भुँइचालोलाई । सक्छौ भने रोकेर देखाउ होइन भने तिम्रो लागि कुनै मठ मन्दिर धाउँदिन म । यदि साँच्चै हेरेर मात्र बस्छौ भने धिक्कार छ तिमिलाई । यस्तै यस्तै कुराहरु मेरो मानसपटलमा धेरै पल्ट खेलिराखे भुइँचालो गएको धेरै दिनसम्म ।
भुँइचालो अलि शाम्य भयो । डरले खुल्ला ठाउँमा भागेँ आफ्नो ज्यान बचेपछि बल्ल घरको याद आयो । आमाको याद आयो । ती बृद्ध अवस्थामा पुगेका मेरा हजुरबा र हजुरआमाको याद आयो । मेरी आमा कति छटपटाइरहनु भएको होला । हतार हतार मोबाइल लिएँ र फोन गरेँ । यो नेटवर्कले साथ छोडिसकेको थियो । अब भने म झन् तड्पिन थालें । उडेर जाउँ जस्तै भयो । सारा घर चिहान बन्दा मेरो घर के भयो होला । न घर लडेर घरका सारा सदस्यलाई केहि भयो कि ! मेरो धड्कन रोकिन लाग्यो । म अर्धचेत भएँ । मेरो आँखाबाट बलिन्द्र धारा आँसु बग्न थाले । म डाँको छोडेर रुन थालें । म कमजोर हुँदै गएँ । एकछिन अगाडि मर्न डर लाग्ने मलाई अब बाँच्नै मन लाग्न छोड्यो । बाहिरै निस्केला जसरी मेरो मुटु धड्किरहेको थियो । यतिकैमा टेलिफोनको घण्टि बज्यो हतार हतार उठाएँ । छोरी.. छोरी… छोरी…. आमा बोलिरहनुभएको थियो । तर म मौन थिए । केहि पनि बोल्नै सकिन । आमाले भन्नुभयो छोरी घर चैँ लड्यो । हामी सबैजना बाँच्यौ । । यति सुनेपछि मेरो मन अलि हलुका भयो । सबै बाँचेको खबरले मेरो अनुहार केही उज्ज्यालो भयो तर विडम्बना भूकम्पको कम्पनमा हाम्रो घर भने उभिन सकेन। हो हाम्रो घर ढल्यो; मेरो घर, मेरो जन्मघर अनि मेरो बाल्यकालको साक्षि। मलाई उभिन सिकाएर ऊ चाहिँ ढल्यो अनिसँगै ढले घरसँग जोडिएको हाम्रो अस्तित्व, सुरक्षा अनि स्वाभिमान।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.









