मान्छे बाँच्न कति लालायित छ है, जसरी होस् ऊ बाँच्न चाहन्छ – लाग्छ यो पृथ्वीमा बाच्ने ऊ एक्लो मानव नै किन नहोस्, उसको बच्ने लालसा कहिले मर्दैन सायद ।
माइक्रोबसको दोहोरी गीत अनि नुवाकोट जाने नागबेली बाटो। म झ्यालको सिटमा चिसो हावा खाँदै हुँइकिएँ। आँखा बन्द छन्। अर्को साइडबाट त्रिशुली जान लागेको गाडी हर्न नबजाई आएछ हाम्रो गाडीको गुरुले झ्याप्प ब्रेक मारे। मेरो नाकको डाँडी नै ठोकियो। आँखा झल्यास्स खुल्यो। अब निदाउने प्रयास गरिन। फेसबुक खोलें। ‘ट्राभलिंग टु काठमाडौं’ भनेर स्टाटस राखें। केही बेर फेसबुक चलाएँ। जुरेथुम (३५ कि।मि।) हाम्रो खाजा खाने ठाउँ हो। माइक्रो जुरेथुममा रोकियो। हामीले खाजा मगायौं पराठा। एउटा पराठा सकेर अर्को खान मात्र के लागेको थिएँ, टेबलहरु हल्लिन थाले। फ्रिजमा राखेका कोल्ड ड्रिंक्सहरु पनि खस्न थाले। सबै मान्छेहरु भूकम्प आयो भूकम्प भन्दै भागे, म पनि भागें। दौडधुप चल्यो। दौडधुपमा एउटा दिदीको घुँडामा चोट लागेछ, लड्नुभयो। रुँदै हुनुहुन्थ्यो कसैले उठाएनन्। मैले पनि उठाउन जाने आँट गरिन। भूकम्प गाईरहेको थियो केहीबेरमा आफै उठ्नुभयो। एउटा दाई नुहाउदै हुनुहुँदो रहेछ, भूकम्प आयो, टावल बेरेर भाग्नुभएछ। यदि त्यो समय भूकम्प नगएर दाइले त्यसो गरेका भए म लगायत सबै गलल हास्थ्यौं होला तर त्यो भएन सबै रुँदै थिए, कराउदै थिए, चिच्याउदै सबैको मुखमा राम –राम, शिव-शिव, हे इश्वर !, मेरो-मेरो-मेरो शब्द सुनियो । अरु सबैको शब्दको मतलब मलाई थाहा थियो तर मेरो-मेरो भनेको के हो, किन भनेका हुन् मलाई थाहा थिएन र अझै थाहा छैन। म र मेरो भन्ने शब्द मानव अस्तित्वका पर्याय पो हुन् कि जस्तो लग्न थालेको छ आजभोलि ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.









