हिजो दुःखले पिल्कोसेको त्यो सानो परिवारमा के राष्ट्रवाद नहोला र? मै हुँ यो देशको राष्ट्रिय भावना बोकेको भन्नेमा मात्रै सिमित होला र के साच्चै राष्ट्रवाद ? आज खेतका आली खनी बिहान साझँ गुजारा चलाऊन धौधौ पुग्ने त्यो किसानमा छैन होला र के देशको भाव ? यो कस्तो विस्मात म सोच्दा सोच्दै भावुक भएँ अनि आफैलाई सोधे के ममा पनि होला र राष्ट्रवाद ? तन्नेरीहरू भन्दै होलान् बिहान बेलुका यसको काम हुदैन फेसबुकमा आँउछ हावा गफ हान्छ अनि जान्छ यसमा केको देशको भाव अनि तरूनीहरू लाली पाउडर धसी ऐनाको अगाडि छुरा बझाई फेसबुक खोल्दै भन्दा हुन क्या झुर स्टाटस ? मनै त हो मनका भाव मायाको सौगात ब्रोकन हर्ट ? साच्चै यो पो हो है असली राष्ट्रवाद ? प्रश्न धेरै गरिस् आखिर तैले यो लेखेर के नै पाईस् भन्दा हुन् कोही कोही ? सानो हुँदा गुरूले सिकाऊनु भएको क,ख,ग, अ,आ इ को सदुपयोग गर्दै छु । बिहान उठ्ने बित्तिकै हिमाल त देखिन मैले तर बिहान बिहानै राजनीतिको साँठगाठ राम्रै भेटे । कही मारिएका घटना देखे अनि कही भरिएका भेटे । कोही सोध्दै गर्दा अँ मैले साच्ची भेटे । नजिकैको गाँऊमा हिजो एऊटा किसानको छोरा बिरामी परेछ। गाउँलेहरू उसको घर पुगेछन् अनि त्यो किसान रोएको देखेर अलि अलि आफू पनि रोएछन् । त्यहाँ मध्यको एकजना किसानले सोधेछ किन रोएको हामी बरू यो बाबुलाई छिट्टै अस्पताल लिएर जाऊ । अनि तयो छोराको बाबु झनै रोएछ अनि अर्कोले सोधेछ आखिर किन रोएको तपाई ? किसान आँखाभरि आँसुका बेचैनहरू पोख्दै भनेछ मैले मेरो छोरालाई अस्पताल लग्दै गर्दा अस्पतालमै ऊ मर्यो भने ? यहाँ अस्पतालमा सक्षम डाक्टरको खोजी छैन र हामी फुक्दै हिड्छौं हाम्रो राष्ट्रवाद जहाजका आशाहरूमा ? होईन यो माया होइन अहँ म यसलाई माया भन्दिन घरभित्रबाट निस्केको फोहोरले समाज फोहोर बनि सक्यो सिधै समाजलाई सफा गर्छु भनेर लाग्नेहरू खै त फोहोरको मुहान सफा गर्न सकेको? यो विरोध यो अवरोध साच्चै यो कस्तो कुरूप स्वाभिमान ?
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.










