भनिन्छ उडी जाने जवानी र बगि जाने पानी नेपालले आफ्नै भूमिमा सदुपयोग गर्न सके समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार हुन्छ भनेर ! अहिले नेपालको युवा पुस्ता रोजगारीको नाममा पलायन भएको छ जसले गर्दा काम गर्ने युवा गाउँमा छैन र अर्को नेपाली माटो भएर बग्ने निर्मल निला नदिहरु उपयोग विहिन हुदै बङ्गालको खाडीमा पुगि समुन्द्रको नुनिलो पानीमा घुलमिल भएका छन् !
हामीले विगतमा धेरै राजनीति परिवर्तन भोग्यौं पन्चायत,राजतन्त्र होस् वा शसस्त्र द्वन्द्वकाल यसले ठूलो परिणाममा मानवीय तथा भौतिक रूपमा क्षति पुग्यो ! स्वदेशी तथा विदेशी लगानीकर्ताहरु आफ्नो लगानी प्रति सुरक्षाको अनुभुती गर्न सकेनन् र ठूलो मात्मारा लगानी कर्ताहरुको पुँजी देशबाट पलायन हुन गयो ! जसको सिधा असर आर्थिक बजारमा देखा पर्यो ! एकातिर पुँजी अभावको कारण आर्थिक क्रियाकलाप ठप्प भए भने अर्कोतिर युवा जमात दिन दिनै वृद्धि हुँदै गयो जसले पुँजी बजारभित्र श्रम गर्ने अवसरको खोजी गर्न थाल्यो ! पुँजी बजारभित्र आफ्नो योग्यता अनुकूल अवसरको अभाव देखेपछि युवा जमात कामको खोजीमा पलायन हुने सिलसिलाको शुरूवात भयो ! केही समयको अन्तराल पछि देशमा राजनीतिक संकट त समाधान उन्मुख हुँदै गयो र पुँजी बजारमा समेत केहि साना ठुला लगानीको वातावरण बन्दै गयो तर त्यो पलायन भएको युवा जमात आफ्नो देशको श्रम बजार प्रति त्यति आकर्षण हुन सकेन फलस्वरूप पुँजी बजारले दक्ष तथा अदक्ष कामदारको अभाव भोग्नु पर्यो र सोच अनुरुपको सफलता हासिल गर्न सकेन !
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.










