विश्वका धेरै ठाउँमा कोरोना फैलिरहेका बेला नेपाल पनि यसबाट बच्न सक्दैन जस्तो लागेको थियो । त्यसैले लकडाउन सुरु हुनुअघि नै तानसेन नगरपालिकामा हामीले कोरोनाबारे जनचेतना फैलाउन थाल्यौँ । विभिन्न छापा माध्यम, अनलाइन र एफएमबाट सन्देश प्रकाशन र प्रसारण गर्यौं । भयाभह नफैलियोस् भनेर हामीले यसो गरेका हौँ ।
सरकारले लकडाउन लागू गरेको केही दिनपछि हातमुख जोर्न समस्या भएका व्यक्ति, परिवार, सदुमायलाई लक्षित गरेर राहत विरतरण कार्यविधि बनायौँ । त्यही कार्यविधि अनुसार पहिले १७ सय परिवारलाई नि:शुल्क राहत सामाग्री वितरण गर्यौं । कतिपयले निःशुल्क हो भने राहत लिदैनौँ भन्नुभयो । त्यसपछि हामीले ३२ सय परिवारलाई सुपथ मूल्यमा राहत दियौँ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




