टोखा रोडमा हाम्रो किराना पसल छ। मेरो पत्नी कोपिलाले पसल चलाउँछिन्। म चाहिँ घरजग्गा किनबेच गर्छु। हाम्रो सानो र सुखी परिवारमा म, कोपिला र छोरा राम्रैसँग बसिरहेका थियौं तर कोराना भाइरसको महामारी फैलिएपछि हाम्रो जीवनमा धेरै परिवर्तन आएको छ। लकडाउन आज सकिएला भोलि सकिएला भनेर बस्दाबस्दा अझै सकिएको छैन। सरकारले लकडाउन थपेको थप्यै गर्यो। यसले गर्दा अरू नेपालीलाई जस्तै हामीलाई पनि गुजारा गर्न गाह्रो हुन थालेको छ। काठमाडौं न हो नुन, तेल, तरकारी, चामल आदि सबै किनेर खानुपर्छ। काम ठप्प भएपछि पैसा जोहो गर्नै गाह्रो भयो।
हाम्रो घर दोलखा हो। लकडाउन लम्बिँदै गएपछि दोलखा फर्कने निधो गर्यौं। घरबाट बुबाआमाले पनि बोलाउनुभयो तर जाने उपाय पत्ता लागेन। कसरी जाने? केमा जाने? अन्योल थियो।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




