भारतमा लकडाउन भइसकेपछि अब नेपालमा पनि कोरोनाले गर्दा लकडाउन हुन्छ भन्ने हामीलाई लाग्यो । त्यसैले हामीले कोरोनाबारे मानिसलाई सूचना दिनुपर्छ भन्ने ठान्यौँ । हामी सबै मिलेर नगरपालिकाभित्र टोलटोलमा माइकिङ गर्न थाल्यौं । कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ भन्ने सन्देश तयार गरेर चारवटा गाडीमा ती सन्देश बजाएर गाडी डुलायौँ । साथै स्थानीय टेलिभिजन, पम्पलेटमार्फत पनि हामीले घरघरमा प्रचार-प्रसार गर्यौं । मान्छे भयभीत नहोऊन्, सर्तक भने होऊन् भनेर लकडाउन हुनुअघि यसो गरेका थियौँ ।
हाम्रो जिल्लाभन्दा बाहिरबाट आउने मान्छेको स्वास्थ्य जाँच गर्न वालिङ नगरपालिकाको मुख्य प्रवेश नाकामा हेल्थडेस्क राख्यौं । बाहिरबाट आउने मान्छेको ज्वरो थर्मल गनले जाँचेर ज्वरो आएको भए १४ दिन क्वारन्टिनमा राखेर मात्र घर जान दिने नियम बनायौं ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




