कोरोना भाइरसको संक्रमणले गर्दा कलेज अनिश्चितकालका लागि बिदा भयो । त्यसैले म २०७६ चैत ८ गते काठमाडौंबाट आफ्नो घर पर्साको रामनगरी फर्केँ । लकडाउन लम्बिदै गएपछि कलेजले वैशाख २ गतेदेखि अनलाइन कक्षा चलायो । अनलाइन कक्षा लिन छिमेकीको इन्टरनेट आफ्नोमा जडान गरेँ । एकदुई दिनपछि बिजुली गयो र तीन दिनसम्म आएन । तेस्रो दिन राति बत्ती आयो, २–३ घण्टापछि फेरि गयो । यस पटक ४ दिनपछि मात्र आयो । फेरि पनि २–३ घण्टापछि रातभर बिजुली काटियो । हिजो रातिदेखि हाम्रो गाउँमा बत्ती आएको छैन । हाम्रो छिमेकी गाउँ गर्दौल, बैरियामा यसरी बत्ती गएको छैन । रामनगरी, महुवन, विश्रामपुरतिर मात्रै यो समस्या छ ।
हालै जनता कार्यक्रममा प्रमुखज्यूले पोल ढलेकाले बिजुली नआएको बताउनुभयो । उहाँको यो कुराले हाम्रो चित्त बुझेन । किनकि गर्दौल र रामनगरीबीचमा विद्युतको पोल कहिले ढलेको छैन । हामी आफैले चेक गरेका छौं । पोल ढलेको भए पनि बनाउन चार दिन कसरी लाग्छ ? पोल सधैं रामनगरीमै मात्र ढल्ने हुन्छ ? गर्दौल, बैरियातिर कहिल्यै पोल ढल्दैन । यो विद्युत कार्यालय, पोखरियाको लापरबाही हो । त्यसबाहेक अरू केही हैन । बिजुली गयो भनेर कुरा गर्न १०–१२ चोटि फोन गर्दा फोन कहिल्यै उठ्दैन ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.





