काठमाडौंमा बसेर स्नातकोत्तरको पढाइ पूरा गरेपछि मैले विभिन्न कलेजमा पढाउन थालेको तीन वर्ष भयो । अहिले म पुरानो बानेश्वर, डिल्लीबजार र लगनखेलमा रहेका तीनवटा कलेजमा प्लस टुका विद्यार्थीलाई वनस्पति विज्ञान पढाउँछु । आजभोलि वनस्पति विज्ञानमा विद्यार्थीहरुको रुचि घटेको छ । तीनवटै कलेजमा बायोलजीका विद्यार्थी कम भएकाले म ती सबै कलेजमा पार्टटाइम काम गर्छु ।
लकडाउनले गर्दा शैक्षिक संस्था पनि बन्द भए । धन्न, त्यति बेला पढाइ लगभग सकिइसकेको भयो । प्र्याक्टिकल परीक्षा भने सकिएको थिएन । उच्च माध्यमिक तहको शैक्षिक सत्रको अन्त्य हुन लागेकाले सुरुमा त पढाइमा यसले अलि कमै असर गरेको थियो । तर लकडाउन लम्बिदै जाँदा नयाँ शैक्षिक सत्र सुरु हुने बेला भैसक्दा पनि विद्यालय खुल्न नपाउँदा विद्यार्थी, शिक्षक तथा प्रशासन तिनै थरीलाई अत्यन्तै गाह्रो भएको छ । लकडाउन अलिक पछि भएको भए विद्यार्थीहरुलाई आफुले पढेका कुरा दोहोर्याउन लगाइन्थ्यो, उनीहरु परीक्षाका लागि तयार हुन्थे । लकडाउनले यस पाटोमा चाँहि असर पुर्यायो । पछि ११ को परीक्षा नहुने भन्ने कुरा आयो । यसले गर्दा ११ का विद्यार्थीले फाइनल परीक्षा कस्तो हुन्छ, कतिको मिहिनेत गर्नुपर्छ भन्ने कुराको अड्कलै गर्न पाएनन् । १२ कक्षाका विद्यार्थीहरु पनि दुविधामा छन् ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




