आजकल मलाई दिन र रात साह्रै पट्यारलाग्दा लाग्छन् । यसो दिमागलाई शान्त बनाउने कोसिस गर्छु साउदीको तातो हावाले तताइदिन्छ । त्यो तातो हावालाई चिसो बनाउने एसी मात्र भएको भए पनि यो अत्यासलाग्दो ठाउँमा केही राहत हुन्थ्यो जस्तो लाग्छ । हुन त एसीले पनि मेरो विचलित मन र दिमागलाई शान्त बनाउन सक्दैन तर पनि केही हदसम्म गर्थ्यो कि भन्ने आशा हो तर के गर्नु ? एसी छैन । साह्रै गाह्रो छ यहाँ, भोग्नेबाहेक अरूले सोच्न पनि सक्दैनन् यहाँको पीडा ।
अहिले म १५ जना रुम पार्टनरहरुसँग साउदीको रियादको कुनै घरको एउटा कोठाको खाटमा पल्टिरहेको भेटिनेछु । कहिले एउटा मलमा काम गरिरहेको भेटिनेछु । विश्वभरि लकडाउनमा मान्छेहरु सुरक्षित रहन लागिपरेका छन् । हाम्रोमा भने लकडाउनमा पनि काम चलिरहेको छ । मान्छेहरु देख्यो कि यसले कोरोना मलाई सार्ने पो हो कि भनेर डर लाग्छ । तर काम नगरी भएन । भने जस्तो कहाँ सजिलो छ र हामी मजदुरी गर्नेलाई त्यो पनि विरानो देशमा । सद्दे हुँदा त केही छैन बिरामी हुँदा पनि सुख दिन्नन् र पो मार्यो । आज शरीरले साथ दिएको छैन भन्न पाइँदैन । सुपरभाइजारले हिन्दी भाषामा धम्क्याउँछन् । कामबाट निकालिदियो भने के गर्ने भनेर डर लाग्छ । अनि के सन्चो के बिसन्चो, के गाह्रो के साह्रो, के ज्वरो के थकाइ, भनेको समयमा पुगिहाल्नुपर्छ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




