चार वर्ष भयो म यो पेसामा लागेको । विगत दुई वषैदेखि सिलुचौर प्राथमिक स्वास्थ्य केन्द्र रोल्पामा कार्यरत छु । एम.डी. गर्न भनेर म आफ्नो घर काठमाडौंमा बिदामा बसेको थिएँ । त्यही बीचमा कोभिड–१९ आयो । अनि रोल्पा आउनुपर्यो । दुई जना मेडिकल अफिसर समेत हामी १४ जना कर्मचारी छौं यहाँ ।
सुरुमा काम कसरी गर्ने भन्ने अन्योल भयो । जनशक्ति कम थियो । बिरामी जाँच गर, फिबर क्लिनिक चलाउ, क्वारन्टाइनको बिरामी पनि जाँच अनि कोरोनाबाहेकका एमरजेन्सीमा आउने बिरामीलाई पनि हेर । दुई जना डक्टरले सबतिर भ्याउनुपर्ने । एकदम गाह्रो हुन्थ्यो । शरीर पूरै थाक्थ्यो । डर पनि लाग्थ्यो । तर हामीले हार मानेनौं । निरन्तर बिरामी जाँचिरह्यौं । त्यो बेला हामीले पीपीई कति पटक रि–युज गरेर लगायौं । मान्छेहरू धेरै आउँथे । सबैलाई क्वारेन्टाइनमा राख्नुपर्ने । उनीहरूलाई जाँच्नुपर्यो । आफू पनि सुरक्षित त हुनुपर्यो । त्यही भएर प्लास्टिकले आफ्नो शररी ढाकेर पनि जाँच गर्यौं । पीपीई किन्छु भन्दा पनि पाइँदैन थियो । दुईचारवटा पन्जा काठमाडौंबाट लिएर आएको थिएँ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




