म कर्णबहादुर नेपाली । उमेरले ५० वर्ष नाघेँ। घर पाल्पाको रैनादेवीको तानसिंगलमा पर्छ । जहान छे । एउटा छोरा, दुइटी छोरी गरेर ५ जनाको परिवार छ । काम जे पायो त्यही गर्थें । अहिले सक्दिनँ । चार-पाँच वर्षअघिसम्म पूरै गाउँ विकास समितिको कटवाले थिएँ म । वन फाँड्नुपर्दा, मिटिङ बस्नुपर्दा, बाटो खन्नुपर्दा भेला हुन गाउँ गाउँको सिरानमा गएर हाक हाल्थें (कराएर खबर दिने काम गर्थेँ) । हाक हालेबापत एक घरले वर्षको माना चार चामल, बारीमा फल्दाको एक छाक तरकारी र चाडपर्वमा ५/१० रूप्पे दिन्थे । ऊ बेला त गाउँले सबैका खेतबारी थिए नि हजुर । वर्षभरि खाली हात बस्नु पर्दैनथ्यो । कहिले मान्छे दुःख बिमार पर्दा बोकेर हेल्थपोस्ट लैजान्थें । काम पाइन्थ्यो । भोकले मर्न पर्थेन । काम गर्दा जहानपरिवार पाल्न गाह्रो थिएन । दुःख त थियो तर, काम पाइन्थ्यो ।
हामी जस्ता अनपढले पाउने काम त्यस्तै त हो रैछ नि !
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




