आजकल म बेइलमी छु । अब उस्तै परे सडकमा बास हुन बेर छैन । ज्यामी काम गरेर खाने मान्छे । म सोलुखुम्बुबाट काठमाडौं आएको हुँ । तर पनि त्यस्तो धेरै ठूलो सपना कहिल्यै देखिनँ । जिनतिन यो शहरमा बस्ने बास र दुई छाक खान पुगोस् भन्ने हो । तर लकडाउन भएपछि त्यति सपना देख्ने पनि हिम्मत आउन छोड्यो ।
मेरो पाँच जनाको परिवार छ । लकडाउन भए यता काममा जान पाएको छैन । काममा जान नपाउँदा पैसा पनि छैन । कमाएको बचत गरेर राख्न सक्ने मान्छे होइनौँ हामी । त्यसैले यस्तो बेलामा हामीलाई हम्मे हम्मे पर्नु ठूलो कुरो होइन ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




