मेरो घर मान्कोट, गुल्मी हो । विभिन्न कारणवश घरबाट टाढा बसेको १२ वर्ष भइसकेको रहेछ । कहिलेकाहीँ दशैंमा हो आउने त्यो पनि १०-१५ दिन बसेर काठमाडौं फर्किहाल्थें । बहिनीहरू बाहिरै हुने भएकोले तिहारमा प्रायः घर आइन्थेन । यस पटक भने लकडाउने गर्दा चार महिना निरन्तर घरमै बस्ने अवसर जुटेको पहिलो पटक हो । हुन त स्कूल यहीं पढेको हो मैले तर ऊ बेला खासै यताउति ध्यान भएन । अहिलेको यहाँको रहनसहन, सामाजिक स्थिति, खेतीपाती सबै नजिकबाट नियाल्न पाएँ, विचार-विमर्श गर्ने अवसर पाएँ । लकडाउन मेरा लागि एक हिसाबले राम्रै पनि भयो । मज्जाले बुबाआमासँग बस्न पाएँ । उहाँहरुको दुःख नजिकबाट बुझ्ने मौका पाएँ ।
पहाडको बसाइ अनि सरकारी जागिरे बाआमा । शहर बसेका छोराछोरीलाई पाहुर (कोसेली) पठाउन अनि घर अएका बेला गोरस (दही, दूध) भएन भने घर रमाइलो हुँदैन भनेर दुहुनो भैंसी पाल्नुभएको छ । अनि त्यही वस्तुको मलको सदुपयोग हुन्छ भनेर खेतीपाती पनि गर्नुहुन्छ । सम्भवतः अफसिजनमा १०÷२० किलो आलुबाहेक खासै केही किन्नुहुन्न बरु बेच्नुहुन्छ । बुबा पनि ५० वर्ष नाघिसक्नु भयो । पेशाले शिक्षक हुनुहुन्छ । विद्यालय बन्द भए पनि अरू विभिन्न काममा दिनको १५-१६ घण्टा व्यस्त रहनुहुन्छ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




