कोरोना विश्व महामारीका रूपमा देखा पर्यो। त्यसपछि बिस्तारै नेपालमा पनि आइपुग्यो। त्यसपछि सुरुका बेलातिर अलिकति आत्तिएको थिएँ म। सुरुमा के गर्ने कसो गर्ने भन्ने भयो। कोरोनाले मन अत्यायो। अनि यो स्वास्थ्यसँग सम्बधित संकट भएको कारणले हामीले पहिलो ध्यान यसमा नै लगायौं। त्यसपछि स्वास्थ्य संस्थामा औषधीहरू मौज्दात राख्ने, स्वास्थ्यकर्मीको क्षमता बढाउन पीपीई लगायत सुरक्षाका उपकरणमा किन्यौं। हाम्रो पालिकामा १२ ओटा स्वास्थ्य संस्था छन्। तिनीहरूलाई तयारी हालतमा राख्यौं। यदि केही भइहाल्यो भने त्यहाँ प्राथमिक उपचार गर्ने र जिल्लामा रिफर गर्ने गरी जिल्लाका अस्पतालहरुसँग समन्वय गरेर काम गर्यौं।
यो बेलासम्म आइपुग्दा केन्द्र सरकारले लकडाउन गरिसकेको थियो। त्यसपछि हामीले पनि अलिकति कडाइका साथ लकडाउन गर्यौं।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




