चैत ११ गतेदेखि लकडाउन सुरु गरिसकेपछि लकडाउन कार्यान्वयन गराउनका लागि हामीलाई जिल्लाबाट खटाइएको थियो। तत्काल एसपी र डीएसपी हुनुहुन्थेन र त्यस बेला लकडाउनको पालना गराउन हामी आफू नै खटियौं। वीरेन्द्रनगर प्रदेश कर्णाली प्रदेशको राजधानी त्यसैमाथि पनि अन्य जिल्लाका मानिसहरू पनि पढाइ र रोजगारीको सिलसिलामा कोठा भाडा लिएर बस्ने हुनाले यहाँको जनसंख्या अलि धेरै नै छ। फेरि भारतमा पनि लकडाउन सुरु भएको हुँदा अब कर्णाली प्रदेशबाट रोजगारीका लागि बाहिर गएकाहरू फर्कन सक्ने सम्भावना धेरै थियो। त्यसैले पनि त्यति बेला हामीसँग मानवीय स्रोतको अभाव हुने हो कि भन्ने कुरा मेरो मनमा थियो। यहाँ हामी दुई जना इन्सपेक्टर मात्र थियौँ, बाहिरको अपरेसनको जिम्मा मलाई थियो। हामीले हार नखाई काम गर्यौँ।
त्यो बेला हामीलाई मुख्यगरी दुईवटा काम थियो। पहिलो लकडाउन कार्यान्वयन गराउनुपर्ने, दोस्रो चाहिँ लकडाउन सुरु भएपछि अन्य ठाउँबाट आएकाहरूको व्यवस्थापनमा सहयोग गर्ने। यी दुवै काम गर्दा धेरै चुनौतीहरूको सामना गरियो। वीरेन्द्रनगरमा इन्डियाबाट लकडाउनको दोस्रो-तेस्रो हप्ताबाट नै प्रत्येक दिन चार-पाँच हजारको दरले मानिसहरू भित्रिन थाले। त्यो बेला उनीहरूलाई क्वारेन्टिनमा राख्न र अन्य जिल्लामा पठाउन स्कट गराउनु अलिक असहज नै भएको थियो। तर पछि चाहिँ बिस्तारै ती कुराहरूलाई व्यवस्थापन गर्दै काम गरियो।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




